देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उत्तर कोरियाले नेपालस्थित दूतावास बन्द गर्ने

0
<p>पालका लागि उत्तर कोरियाली राजदूत Jo Yong man र प्रधानमन्त्री पुष्पकमल दाहाल।फोटो- प्रधानमन्त्री सचिवालय</p>

पालका लागि उत्तर कोरियाली राजदूत Jo Yong man र प्रधानमन्त्री पुष्पकमल दाहाल।फोटो- प्रधानमन्त्री सचिवालय

काठमाडौं – उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ।

नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेन (Jo Yong man) ले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर प्योङयाङले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको बताएका हुन्।

उत्तर कोरियाली राजदूतले नेपालको आफ्नो दूतावास बन्द गर्न लागेको प्रधानमन्त्री दाहाललाई जानकारी गराएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले बताए।

उत्तर कोरियाली दूतावास बन्द गर्ने निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरेका थिए। प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै परराष्ट्र सल्लाहकार सापकोटाले भने, ‘दूतावास बन्द गर्ने निर्णयबाट म दुःखि छु। म आशा गर्छु उत्तर कोरियाले छिट्टै आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने छ।’

परराष्ट्र सल्लाहकार सापकोटा, प्रधानमन्त्री दाहाल र राजदूत जो योङ मेन (Jo Yong man) बीच भएको छलफलमा सहभागी थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार