देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उत्पादनशील उद्योगका लागि विदेशी कामदार ल्याउन अनुमति

0

काठमाडौं – सरकारले उत्पादनशील उद्योगका लागि विदेशी कामदार ल्याउनका लागि अनुमति दिने निर्णय गरेको छ ।

कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उत्पादनशील उद्योगका लागि विदेशी कामदार ल्याउनका लागि अनुमति दिने निर्णय भएको जानकारी दिए ।

नेपाली श्रमिक नभएको अवस्थामा विदेशी कामदार ल्याउन अनुमति दिने निर्णय भएको हो । उत्पादनशील उद्योगका लागि अब भारत, चीन लगायत देशबाट कामदार ल्याउनका पाइने भएको छ । ।

यस्तै, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत, पाटनका न्यायाधीश लोहित चन्द्र शाहलाई तोक्ने निर्णय गरेको उनले बताए।

मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने निर्देशिका स्वीकर्त गरेको छ भने परराष्ट्र निती, २०७७ पनि स्वीकृत गरेको छ ।

रेडक्रस सोसाइटीको तदर्थ समितिको कार्यकाल एक वर्ष थप्ने निर्णय गरिएको छ । यस अवधिमा तदर्थ समितिले नयाँ कार्यसमिति गठन गर्नुपर्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार