देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उदयपुरका १२ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४२

0

(काठमाडौं) – उदयपुरको भुल्केमा एकै दिनमा (मंगलबार) दुई महिलासहित ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भुल्केमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । जसमा ११ भारतीय र दुई महिला सहित १३ जना नेपाली छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थ्रोत स्वाबको नमूना परीक्षण गरिएका ३ जना र कोशी अस्पतालमा परीक्षणमा संक्रमण देखिएकाहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन: परीक्षण गरिएका ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनीहरुको संसर्गमा रहेका अन्य २ सय ६० जनाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परीक्षण भईरहेको मन्त्रालयले जनाएको छ ।

अन्य ६९ जनाको परीक्षणको लागि विराटनगर स्थित कोशी अस्पतालमा सोमबार नमूना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परीक्षणको लागि आज धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

प्रतिष्ठानमा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएकाले उनीहरुलाई अहिले विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

हाल पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यसरी हाल सम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड–१९ पुष्टी भएको संख्या ४२ पुगेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने ४ जना निको भएर घर फर्किएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार