देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उदयपुरमा थप तीन महिलामा कोरोना संक्रमण पुष्टि

0

(मोरङ) – उदयपुरका थप ३ जना महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ भुल्केमा १८, ४५ र ६० वर्षीया महिलामा संक्रमण देखिएको हो ।

भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्ये विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको अस्पतालकी मेडिकल सुपरिडेण्टेण्ट डा. संगिता मिश्रले बताईन ।

अन्यको स्वाब परीक्षण जारी रहेको उनले जानकारी दिईन । उनीहरुलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ल्याउने तयारी भइरहेको छ । मुलुकभरिमा संक्रमितको संख्या १ सय ५ पुगेको छ । जसमध्ये ३० जना निको भएर घर फर्सिसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार