देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उद्योग र श्रम क्षेत्रमा परेको प्रभावको अध्ययन गर्न कार्यदल गठन

0

(काठमाडौं) – कोरोना भाइरसको संक्रमणका कारण उद्योग तथा श्रम क्षेत्रमा परेको प्रभाव बारे अध्ययन गर्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायको अध्यक्षतामा बसेको केन्द्रीय सल्लाहकार समितिको बैठकले कोरोनाका कारण उद्योग तथा श्रम क्षेत्रमा परेको प्रभाव बारे अध्ययन गर्न कार्यदल गठन गरेको हो । बैठकले मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

सो कार्यदललाई कामदारको पारिश्रमिक भुक्तानी, रोजगारीको निरन्तरताका लागि अल्पकालिन, मध्याकालिन र दीर्घकालिन सुझाव पेश गर्न निर्देशन दिइएको छ ।

उक्त कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रोजगारदाता र ट्रेड युनियका प्रतिनिधि सदस्य रहने छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार