देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महासंघ र आइएलओबीच कार्यक्रम संचालन सम्बन्धी सम्झौता

0

(काठमाडौं) – नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच श्रम सम्बन्ध सुधार, सामाजिक संवाद र व्यवसायिक वातावरण विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सो अवसरमा महासंघकी अध्यक्ष भवानी राणाले आईएलओबाट महासंघका गतिविधि सञ्चालन गर्न निरन्तर सहयोग प्राप्त भइरहेकोमा अब सञ्चालन हुन लागेको नयाँ परियोजनाले महासंघको प्रदेशस्तरीय संगठनको क्षमता विकास एवं प्रदेश सरकारसँगको सहकार्य र सम्बन्ध सुधार गर्न मद्दत पुग्ने बताइन् ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले यस परियोजनाद्वारा सञ्चालन हुने कार्यक्रमले प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकासका साथै प्रदेशस्तरमा सामाजिक संवाद र श्रम सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार