देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उधौली र ज्यापु दिवसमा उपराष्ट्रपति पुनको शुभकामना : राष्ट्रिय एकता बलियो होस्

0

(काठमाडौं) – उपराष्ट्रपति नन्दबहादुर पुनले किराँत जातिकोे महान पर्व उधौली तथा नेवार जातिको ज्यापु समुदायले मनाउने ज्यापु दिवसको अवसरमा शुभकामना दिएका छन् । उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीमा सुख, शान्ति, सदभाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।

उपराष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘किराँत जातीको महान पर्व उधौली तथा नेवार जातीको ज्यापु समुदायले मनाउने ज्यापु दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत र ज्यापु दिदी–बहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वाथ्य एवं उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

किराँत समुदायको महान पर्व उधौली र ज्यापु समुदायको चाड ज्यापु दिवसले सामाजिक सद्भावलाई दरिलो र दिगो बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र हो । हाम्रो देश जाति, भाषा, धर्म र संस्कृतिको अनुकरणीय साझा थलोको रुपमा रहेको छ । नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वहरुले सामाजिक सद्भाव अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउन मद्दत पुगेको छ ।’

उधौली र ज्यापु दिवसले किराँत र ज्यापु लगायतका समुदायमा उत्साह र उमंग थप्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्धनमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने मार्गमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना समेत गर्दछु ।’

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार