देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपचारका लागि भारत जाँदै बाबुराम भट्टराई

0

काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आइतबार भारत जान लागेका छन् ।

उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाण्डाैको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई थप उपचारकालागी नेपाल वायुसेवाको विमानबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् ।

डाक्टरले न्यूरोइन्डोक्राइनको ट्युमर भएको आशङ्का गरेकाले उपचारका लागि भट्टराई दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

दिल्लीमा उनको उपचार ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँ रहेको नेपाली दूतावासमा हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार