देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपचुनाव, एमालेले इलाममा सुहाङ र बझाङमा दमनलाई उठाउने

0

काठमाडौं – इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले उम्मेदवार बनाएका सुहाङ पेशाले अधिवक्ता हुन् ।

सुहाङ दिवङ्गत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् । एमालेका तत्कालीन उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते निधन भएपछि इलाम–२ को सांसद पद रिक्त थियो ।

यस्तै, एमालेले बझाङ–१ को प्रदेशसभा (क) मा हुने उपचुनावमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले बझाङ–१ को प्रदेशसभा (क) बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस क्षेत्रमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गएको वर्ष गाडी दुर्घटनामा परेर निधन भएको हो ।

आउँदो वैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नंबर २ र बझाङ–१ को प्रदेशसभा (क) मा उपचुनावको मिति तय भएको छ ।

सो निर्वाचनकालागि यही चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार