देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपत्यकामा ट्याक्सी भाडा चारगुणा बढ्यो

0

काठमाडौं – बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीको भाडा चारगुणा भन्दापनी बढी वृद्धि गरेको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रीस्तरीय निर्णयबाट उपत्यकामा चल्ने ट्याक्सीको भाडा बढाइएको हो।

गत पुस २० गतेको मन्त्रीस्तरीय निर्णयले ट्याक्सी भाडा निर्धारण तथा समायोजन गरेको मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए।

उनका अनुसार नयाँ भाडा आगामी माघ १ गतेदेखि लागू हुनेछ। प्रदेश सरकारले भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८ अनुसार नयाँ भाडा तोकेको हो।

नयाँ व्यवस्था अनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको सुरु फ्ल्याग डाउन ६० रूपैयाँ कायम गरिएको छ। सुरुको एक किलोमिटर यात्रापछि प्रत्येक दुई सय मिटरको ९ रूपैयाँ ८० पैसाका दरले थप हुने गरी भाडा कायम गरिएको मन्त्रालयले जनाएको छ।

यातायात व्यवस्था विभागले २०७५ असोज ७ गते ट्याक्सीको भाडा प्रतिकिलोमिटर ३९ रूपैयाँ कायम गरिएको थियो। फ्ल्याग १४ रूपैयाँ कायम गरिएको थियो। प्रति २०० सय मिटरमा ७ रूपैयाँ ८० पैसा कायम गरिएको थियो। मन्त्रालयले ट्याक्सीले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिँड्नुपर्ने व्यवस्था गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार