देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपत्यकामा मेलम्चिकोपानि ४० दिन मात्र प्रयोग गर्न पाइने

0

काठमाडौं – सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी ४० दिनकालागी काठमाडौं पठाइएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेर पानि पथान्तरण गरेका हुन् ।

सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ । पानी १४ वैशाखमा सुन्दरीजल आइपुगेपछि त्यहाँ रहेको प्रशोधन केन्द्र हुँदै दुईदिन पछि अर्थात १६ गते वितरण प्रणालीमा पुग्नेछ ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले मंगलबार सुरुङमा छाडिएको सुरुङमा पठाइएको प्रतिसेकेन्ड २ सय ६५ लिटर पानी काठमाडौं सुन्दरीजल आइपुग्न १५ दिन लाग्ने बताएका छन् ।

अहिले ल्याउन लागिएको मेलम्चीको पानी सुन्दरीजल आइपुगेको झन्डै ४० दिनपछि पुनः सुरुङमा पानी पठाउन बन्द गरिने योजना रहेको छ । सम्भवतः आगामी आगामी २५ जेठदेखि सुरुङमा पानी पठाउन बन्द गर्ने योजना रहेको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले खोलामा धमिलो पानी आउन थालेपछि सुरुङमा पानी पठाउन बन्द गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

‘धमिलो पानी पठाउँदा बालुवा, लेदोले सुरुङमा समस्या पार्न सक्छ, त्यसैले पानी पठाउन बन्द गर्नुको विकल्प रहँदैन । सफा पानी बगुन्जेलसम्म मात्र सुरुङमा पानी पठाइनेछ,’ प्रवक्ता पन्तले भने ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर कुँवरका अनुसार मौसमको अवस्थाअनुसार २५ जेठअगावै वा मौसमविद्को सुझावमा वर्षात सुरु हुने एकसाता अघिदेखि सुरुङमा पानी पठाउन बन्द गरिनेछ । ‘झन्डै चार महिना सुरुङमा पानी पठाउन बन्द गरिनेछ,’ कुँवरले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार