देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको पाइए खबर गर्न गृहको आग्रह

0

(काठमाडाैं) – कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव गरेको पाइएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न सरकारले सर्वसाधारणमा आग्रह गरेको छ । गृह मन्त्रालयले आज विज्ञिप्त जारी गरी कोरोना भाइरस (कोभिड–१९) फैलिएको भन्ने अनावश्यक भ्रममा नपरी सचेत रहन तथा दैनिक उपभोग्य वस्तुको खरिद र भण्डारणमा हतार नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव गरेको पाइएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न समेत अपिल गरेको छ । कोरोना भाइरस संक्रमणबाट नेपाल उच्च जोखिममा रहेकाले विशेष सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । यसका साथै बढी भिडभाड हुने सभा, सम्मेलन, भेला, कार्यक्रम स्थगित गर्न आह्वान गरेको छ ।

विज्ञिप्तमा भनिएको छ, ‘हाल नेपालमा कोभिड १९ को संक्रमण भएको व्यक्ति पत्ता लागेको छैन । यसको प्रचार समुदायमा भएको अवस्था पनि छैन । यस सम्बन्धमा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडी नलाग्न र कोभिड १९ को लक्षण तथा सर्ने तरिका र बच्ने उपाय बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्दै आएका सूचनाहरुद्वारा आम नागरिकमा सचेतना फैलाउने तथा सजगता अपनाउने कार्यमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।’

शरीरमा रंग, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले होलीमा विगत जस्तै भिडभाड नगर्न पनि विज्ञप्ति मार्फत जानकारी गराइएको छ । आम नागरिकको समन्वय, सहयोग, संलग्नतामा कोभिड १९ को संक्रमणलाई नेपाल प्रवेशमा रोकथाम गर्न सकिने भन्दै सरकार यसको रोकथामका लागि हरेक उपायको अवलम्बन गर्न प्रतिवद्ध मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार