देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपभोग्य वस्तु सहज रुपमा उलपब्ध गराउन सरकारको निर्देशन

0

(काठमाडौं) – सरकारले खाद्यन्न, औषधि, ग्यास, पेट्रोलियम पदार्थ लगायत सामग्री सहज रुपमा उपलब्ध गराउन निजी क्षेत्रलाई आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महमारीका कारण बजारमा खाद्यन्न, औषधि, ग्यास, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुको अभाव देखिएपछि सहज रुपमा उपलब्ध गराउन निजी क्षेत्रलाई सरकारले आग्रह गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सोमबार नेपाल आयल निगम, एलपी ग्यास उद्योग संघ, ढुवानी व्यवसायी महासंघ र राष्ट्रिय पेट्रोलियम डिलर्स एशोसिएसनका पदाधिकारीसँग छलफल गरी उपभोक्तालाई ग्यास सहित पेट्रोलिय सहज रुपमा उपलब्ध गराउन निर्देशन दिए । तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने मन्त्री भट्टले बताए ।

उपभोक्ताको सहजताका लागि सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै उनले उद्योगी व्यवसायीले असहयोग गरे कारबाही गर्ने चेतावनी दिए । व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको बताउँदै मन्त्री भट्टले संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने बताएका हुन् । मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने बताए ।

कोरोनाको महामारीका क्रममा बजारमा उत्पन्न हुनसक्ने समस्या हल गर्नका लागि समन्वयात्मक रुपमा अनुगमन गर्न पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा आयल निगमलाई उहाँले निर्देशन दिए । बजारमा कार्टेलिङ, सिण्डिकेट गर्ने, कृतिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा आपूर्ति व्यवस्थापनमा असहयोग गर्ने उद्योगी व्यवसयीलाई कडा कारबाही गर्न पनि मातहतका निकायलाई मन्त्री भट्टले निर्देशन दिए ।

उद्योगी व्यवसायीका सामुन्ने मन्त्री भट्टले उपभोक्तालाई सहज रुपमा ग्यास वितरण गर्ने काममा मन्त्रालय, निगम वा सरकारी कुनै संयन्त्रले असहयोग गरेको भए आफूलाई भन्न समेत आग्रह गरेका थिए । बैठकमा ग्यास उद्योगीहरुले आपूर्ति र बजारको अवस्था पुरानै भएको तर उपभोक्ताले मौज्दात राख्दा समस्या आएको गुनासो गरेका थिए ।

यसअघि आइतबार मन्त्री भट्टले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग समेत छलफल गरी आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार