देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपरथी हमाललाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

0

काठमाडौं – नेपाली सेनाको रथीमा बढुवा भएका उपरथी ईश्वर हमाललाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक मुख्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति थापाले हमाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । हमाल गत असार ६ गते रथी पदमा बढुवा भएका थिए ।

हमाल हाल सयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ अनडफ मिसनमा फोर्स कमाण्डरको जिम्मेवारी सम्हाली रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार