देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपसभामुखबाट राजिनामा दिने ओली–प्रचण्डको आग्रह तुम्बाहाङफेद्धारा अस्विकार

0

काठमाडौँ – उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले राजिनामा नदिने अडान फेरि दोहोर्याएकी छिन् । (आइतबार) आज प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले उपसभामुख तुम्बाहाम्फेलाई राजिनामा दिन भनेका हुन् । तर, तुम्बाहाङफेले भने ओली र दाहाल एवं पार्टीले नै गरेको आग्रहलाई अस्वीकार गरेकी हुन् ।
राजिनामाका लागि पार्टी हाइकमाण्ड सचिवालय बैठकले गरेको आग्रह नमानेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले उनलाई बालुवाटारमै बोलाएर राजिनामा दिन भनेका थिए ।
यसअघि उनले आफूलाई सभामुख बनाउने निर्णय नगरे चुनावी प्रक्रिया थाल्ने चेतावनी दिएकी थिइन् । उपसभामुख तुम्बाहाम्फेको यो अडानले अब कुन बाटो लिने भन्ने दुबिधामा नेकपाका नेताहरु परेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार