देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

0

काठमाडौं – संघिय संसदकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छिन्।

आइतबार राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि उनले पदभार ग्रहण गरेकी हुन्।

आइतबार शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथग्रहण गराएका थिए।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले आफ्नो कार्यकालमा संविधानअनुसार काम गर्ने र संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएकी थिइन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार