देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपेन्द्रपक्षले गरेको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको तयारीमा बाबुराम

0

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले आफूहरुको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा भट्टराईले पार्टी नेताहलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गरेका छन् ।

उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताब्द्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजकनीतिक र अनैतिक रुपमा आफू लगायत केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई पदमुक्त गरको घोषणाको घोर भर्त्सना गर्दै कारबाहीको निर्णयको खारेजी गरको जनाएका छन् ।

आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी रुपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको उनले दाबी गरेका छन् ।

बाबुराम भट्टराई पक्षको विज्ञप्ति 

jasapa baburam.jpg
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार