देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपेन्द्र यादवको रिटको सर्वोच्चमा सुनुवाई हुँदै, के हुन्छ फुटेर जानेको पद ?

0

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज पेशी तोकिएको छ ।

पार्टी विभाजन गरेर गएका सातजना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै अध्यक्ष यादवले हिजो सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।

जसपा नेपाल छाडेका अशोक राईसहितका सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानमा सहभागी हुन र अन्य संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै अध्यक्ष यादवले रिट दायर गरेका हुन् ।

अध्यक्ष यादवले दल छोडेर हिडेका सांसदको प्रतिनिधिसभा सदस्यको पद समेत गुमेको दाबी गरेका छन् । उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुनुपर्ने यादवले निवेदनमा जिकिर गरेका छन् ।

यसअघि यादवले नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार