देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपेन्द्र यादवले दिएको रिटमाथि आज सुनुवाइ हुने

0

काठमाडौं – पार्टी फुटाएर जाने ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

यसअघि सोमवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा राखेपछि सुनुवाइ हुन सकेको थिएन।

पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए।

यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए। तर, सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराएका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार