देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपेन्द्र यादव अमेरीका भएको बेला फुट्यो जसपा, अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन

0

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटेको छ। जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएको छ ।

जसपा नेपाल बाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ जना सांसदले छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दर्ता गराएको नेता प्रदीप यादवले जानकारी दिए। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने अहिले अमेरिकाको भ्रमणमा रहेका छन् ।

यादवले भने,‘म र राईसहित रेनु यादव, नवलकिशोर साह सुढी,वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र शुसिला श्रेष्ठलगायत ९ जना सांसदले आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दर्ता गराएका हौं।’

प्रदीप यादवका अनुसार, नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्तावित गरिएको छ । यसअघि उपेन्द्र यादव अध्यक्ष  रहेको जनता समाजवादी पार्टी नेपालबाट नेपाल भन्ने शब्द हटाएर आफूहरुले जनता समाजवादी पार्टी नामको दल दर्ताका लागि निवेदन दिएको सांसद यादवले बताए । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार