देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एआईजी बढुवा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

0

काठमाडौं –  नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख गर्दै बिहिबार डीआईजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गरेका हुन् ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा पुगेको छ । त्यसमध्ये एक दर्ता भएको छ भने दुई दर्ता हुने प्रक्रियामा रहेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डीआईजी कार्कीको रिट दर्ता भएको छ ।

डीआईजी घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीको पनि रिट निवेदन अली ढिला आएको हुनाले दर्ता हुने प्रक्रियामा रहेको छ ।

दर्ता भएको रीटको सुनुवाइकोलागी आइतबार पेशी तोकिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार