देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एउटै जिल्लाका सातजना सिडिओ

0

काठमाडौं – एकै जिल्लfमा जन्मिएका सातजना अहिले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडिओ) बनेका छन्। विकट कर्णाली प्रदेशको दैलेखेमा जन्मिएका उनीहरूमध्ये दुईजना उपत्यकाका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत छन्।

हाल काठमाडौंका प्रमुख जिल्ला अधिकरी गोविन्दप्रसाद रिजाल र ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यय दैलेखकै हुन्। हालै रसुवामा पठाइएका नवराज पाण्डे पनि दैलेखका हुन्। यसैगरी बर्दियाका प्रजिअ पनि दैलेखका हुन्। दैलेखकै हरिबहादुर प्याकुरेल आफ्नै गृह जिल्ला दैलेखमा कार्यरत छन्। कैलालीका प्रजिअ खगेन्द्रप्रसाद नेपाल तथा कालिकोटका प्रजिअ कृष्णप्रसाद आचार्यको स्थायी ठेगान पनि दैलेख नै हो।

सरकारले आइतबार ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेपछि यस्तो संयोग देखिएको हो। रसुवामा सरुवा भएका पाण्डेले निजामती क्षेत्रमा एउटा संयोग देखिएको बताए।

यसैबीच, सरकारले ११ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा कार्यरत प्रजिअ पनि सरुवा भएका छन्। गृह मन्त्रालयका अनुसार दुईजना सहसचिव पाँचजना उपसचिवसहित १६ जना उच्च कर्मचारीहरूको सरुवा गरिएको छ।

सरकारले इलाका प्रशासन कार्यालय टीकापुरमा कार्यरत मोहनराज जोशीलाई डडेलधुरामा सरुवा गरेको छ। हाल डडेलधुरामा कार्यरत कार्यरत हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा बोलाइएको छ। सरकारले गृहमा कार्यरत सहसचिव कमलराज ढकाललाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा सरुवा गरेको छ।

यसैगरी जयनारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा सरुवा गरिएको छ। कास्कीका प्रजिअ थानेश्वर गौतमलाई गृहमा बोलाइएको छ। यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङमा सरुवा गरिएको छ।

डोटीमा शंकरबहादुर विष्टलाई प्रजिअ बनाएर पठाइएको छ। यसैगरी मुगुमा रोमबहादुर महतलाई प्रजिअ बनाइएको छ। मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना तथा तेह्रथुममा अनुजकुमार घिमिरे प्रजिअ बनेका छन्। रसुवामा नवराज पाण्डेलाई प्रजिअ बनाइएको छ। पाण्डे यसअघि गृह मन्त्रालयको कर्मचारी प्रशासन कार्यरत थिए।

पाण्डेलाई रसुवा पठाइए पछि हाल रसुवामा कार्यरत ईश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा बोलाइएको छ। यसैगरी हाल लमजुङमा कार्यरत होमप्रसाद लुइँटेललाई पनि गृह मन्त्रालयमै बोलाइएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार