देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार

0

(काठमाडौं) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिीीले जारी गरेको वरियताअनुसार नेपाल १६ औँ स्थानमा उक्लिएको छ । यसअघिको वरियतामा नेपाल १७ औँ स्थानमा थियो ।

हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग दुईमा आफ्नो प्रदर्शनमा सुधार गरेका कारण एक स्थान माथि उक्लिन सफल भएको हो । लिग दुईमा नेपालले अमेरिकासितको दुवै खेल जितेको थियो । ओमानसितको दुवै खेलमा भने नेपाल पराजित भएको थियो ।

नयाँ वरियता अनुसार नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई), अमेरिका र पपुवा न्युगिनी नेपालभन्दा पछाडि रहेका छन् । वरियताअनुसार शीर्ष स्थानमा बेलायत रहेको छ । दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

आइसीसी विश्व टी २० बरियतामा भने नेपाल १२ औँ स्थानमा यथावत छ । व्यक्तिगततर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले आफ्नो बरियतामा सुधार गरेका छन् भने पारस खड्का यथावत अवस्थामा छन् । बलिङमा सन्दिप ८४ औँ स्थानमा छन् । यसअघि उनी ८५ औँ स्थानमा थिए ।

यसअघि ७५ औँ स्थानमा रहेका करन ७४ औँ स्थानमा पुगेका छन् । यस्तै अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा यथावत छन् । ब्याटिङतर्फ पारस ६२ औँ स्थानमा यथावत छन् । समोपाल कामी पनि ६५ औँ स्थानमा यथावत छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार