देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एकसट्ठी जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि

0

काठमाडौं – अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनएको छ ।

महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताए । उनका अनुसार जनवरी (पुस–माघ) यता एक हजार सात जना डेङ्गुका बिरामी भेटिएका छन् । 

गत वर्ष महामारीको रूप लिएका १२ वटा जिल्लाका १२३ स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय तहका प्रमुख/अध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख, प्रदेशका प्रतिनिधिलाई राखेर सचेतना कार्यक्रम सञ्चालन गरेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य अवश्यक रहेको बताए । डेङ्गु नियन्त्रणका लागि कवाडी सङ्घ, टायर बिक्रीवितरण सङ्घ जस्ता सङ्घ संस्थालाई तालिम दिने गरेको उनले बताए ।   

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार