देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एकिकृत नमुना माझी बस्तिमा निशुल्क विद्युत मिटर वितरण

0

सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका वडा नं ५ को भदौरे एकिकृत नमुना माझी बस्तिमा विद्युत मिटर वितरण गरिएको छ । भदौरे एकिकृत माझी बस्तिका ३६ घरपरिवारलाई निशुल्क विद्युत मिटर वितरण गरिएको उक्त वडाका वडाध्यक्ष दुर्गा बहादुर तामाङ च्याङ्बा ले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार भुकम्पका कारण वस्तिबिहिन भएका माझी परिवारलाई वडा पालिका हुँदै नेपाल सरकारको सहयोगमा उक्त बस्ती निर्माण गरिएको हो ।

करिब सम्पन्न हुन लागेको उक्त बस्तिकोलागी वडा कार्यालयको पहलमा नेपाल विद्युत प्राधिकरण हेलम्बु-मेलम्ची वितरण केन्द्र मेलम्चीले उक्त विद्युत मिटर उपलब्ध गराएको अध्यक्ष तामाङले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार