देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एकीकृत समाजवादीका उपाध्यक्ष उम्मेदवारलाई जम्मा १ भोट

0

काठमाडौं – बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार तारानाथ शिर्पालीले जम्मा एक मत पाएका छन् । नेपाली कांग्रेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदा जम्मा एक मत मात्र प्राप्त भएको हो ।

उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपाध्यक्षमा चार जनाको प्रतिस्पर्धा भएकोमा नेपाली कांग्रेसकी हिराकुमारी छन्त्यालले २७ सय ६८ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी निसु रसाइलीले १९ सय ५८ मत प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टीकी गीता घर्तीले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस पालिकामा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका जोकलाल बुढा २७ सय ७ मतका साथ निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार देवबहादुर पुनले १९ सय ९५ मत प्राप्त गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार