देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एक जना भारतीयको सब पोखरीमा बेवारिसे अवस्थामा फेला

0

रौतहट – जिल्लाको कृष्णनगर नगरपालिकामा एक जना भारतीयको सब पोखरीमा बेवारिसे अवस्थामा फेला परेको छ। भारतको बढनी घर भएका बर्ष ६५ का नन्द कुंवारको सब कृष्णनगर नगरपालिका ८ दयानगर गाउंको दक्षिणमा रहेको पोखरीमा बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी बहादुरगंजले जनाएको छ।

शुक्रबार दिउंसो २ बजे स्थानियहरु पानीमा शव तैरिदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीर सुन्निएकाले एकहप्ता पहिलाको सब हुन सक्ने भन्दै प्रारम्भिक परिक्षणका लागि शिवराज अस्पतालमा पठाइएको नायब प्रहरी निरिक्षक धर्मराज भण्डारीले बताएका छन्।

उता बढनी घरभएको मृतकका परिवारवालाई खबर पाएपछि घटनास्थल पुगेर शवको सनाखत गरेका छन तर पानीमा डुबेर मृत्यु भएको हो वा होइन भन्ने घटनाबारे अनुसन्धान गर्न प्रहरी संग माग गरेका छन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार