देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एक सिटपनि नजितेपछी राप्रपाका प्रदेश अध्यक्षले पार्टि त्यागे

0

काठमाडौं – स्थानिय चुनावमा एक सिटपनि नजितेपछी राप्रपा सिन्धुपाल्चोकका नेता जितबहादुर भारतीले पार्टी छाडेका छन ।

वैशाख ३० गते भएको स्थानिय निर्वाचनमा राप्रपाले सिन्धुपाल्चोक जिल्ला, क्षेत्र नं। १, प्रदेश ख मा कुनै पनि पालिका, वडामा १ सिट पनि विजय हासिल गर्न नसकेकाले पार्टी छाडेको भारतिले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) हाल सिन्धुपाल्चोक जिल्ला क्षेत्र नस् १, प्रदेश ख को अध्यक्ष समेत रहेका भारतिले शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन ।

“प्रदेश ख को अध्यक्ष पद र पार्टीको साधारण सदस्य समेत आजकै मितिदेखि लागु हुने गरी परित्याग गरेको जानकारी गराउँदछु”, विज्ञप्तिमा भनिएको छ “आजसम्म तपाईँले र पार्टिले गर्नु भएको सहयोग र विश्वासको, लागि धन्यवाद ज्ञापन गर्दछु” ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार