देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एथलेटिक्सकी पूर्व खेलाडी विमला जोशी सम्मानित

0

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा विमला जोशी अमात्य र भवानी अधिकारी पोख्रेललाई सम्मान गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रमबीच विमला जोशी अमात्य र भवानी अधिकारी पोख्रेललाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ सम्मान गरेका हुन् । नेपाली खेलकुदमा पुर्‍याएको योगदानका लागि उनीहरुलाई सम्मान गरिएको हो ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले १ सय ११ औं महिला दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान गरे । विमला एथलेटिक्सकी पूर्व खेलाडी हुन् र उनी एक दशक भन्दा बढी समय मध्यम दूरीको दौडमा सक्रिय रहिन् ।

उनले सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा तीन हजार मिटर दौडमा कास्य पदक जितेकी थिइन् । अधिकारीलाई भने कर्मचारी प्रशासनतर्फबाट सम्मान गरिएको हो ।

उनी तीन दशकदेखि राष्ट्रिय खेलकुद परिषदको कर्मचारीका रुपमा कार्यरत छिन् । कमिसनले यसअघि प्रत्येक दुई/दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान अबदेखि प्रत्येक वर्ष प्रदान गर्ने निर्णय पनि गरेको छ ।

कमिसनले सन् २०१२ देखि महिला दिवसका रुपमा सम्मान गर्न सुरु गरेको हो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको नेतृत्वमा अझै पनि महिला पछाडि रहेको भन्दै यो क्षेत्र अझ महिला मैत्री हुनु पर्ने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार