देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एनआरएनए निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा

0

काठमाडौं – गैरआवासीय नेपाली संघको निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले राजीनामा दिएका छन् ।

पौडेलले बार एसोसिएसनको जारी आन्दोलनका कारणले संघको निर्वाचनमा समय दिन नसक्ने भन्दै पदबाट शुक्रवार राजीनामा दिएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताए।

नेपाल बार एसोसिएसनका महासचिव समेत रहेका पौडेलले आन्दोलनमा समय दिनुपर्ने भएकोले आफु जिम्मेवारीबाट बाहिरिएकव दताएका छन् ।

पौडेलको राजीनामा पछि संघका संस्थापक मध्येका एक रामप्रताप थापालाई कार्यवाहक निर्वाचन आयुक्त तोकिएको संघले जनाएको छ।

गैरआवासीय नेपाली संघको निर्वाचन समितिले आगामी डिसेम्बर २६ र २७ तारिख हुने निर्वाचन तालिकामा परिवर्तन गरेको छ । निर्वाचन समितिका अनुसार आज शनिबार हुने उम्मेदवारी दर्ता १६ डिसेम्बरसम्मका लागि सरेको छ ।

निर्वाचनको लागि डिसेम्बर १६ तारिख बिहान १० बजे देखि १७ तारिख बिहान १० बजेसम्म उम्मेदवारी  गर्दा गर्ने समितिले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार