देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एपीएफ ढोरपाटन डबल लिग महिला भलिबलको च्याम्पियन

0

(काठमाडौं) – अपराजित रहँदै सशस्त्र प्रहरीको एपीएफ क्लब, १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । लिगको अन्तिम खेलमा एपीएफले बुधबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा परािजत गर्‍यो ।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा एपीएफले पुलिसलाई २५–२१, २५–२१ र २५–१९ ले पाखा लगायो ।
लगातार दोस्रो वर्ष उपाधि जितेको एपीएफले ४ लाख ५ हजार र उपविजेता बनेको पुलिसले २ लाख ५ हजार रुपैयाँ प्राप्त गरे ।

लिगमा आर्मी तेस्रो, न्यु डाईमण्ड चौंथो, चितवन टाईग्रेस पाँचौ र बुलबुल रारा छैठौं स्थानमा रहे । आर्मीले १ लाख ५ हजार र न्यू डायमण्डले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार