देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसिसीबारे निर्णय गर्न एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै

0

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले शनिबार एमसिसीबारे छलफल गरी धारणा बनाउनका लागि स्थायी कमिटिको बैठक बोलाएको छ।

बिहान ११ बजे बानेश्वरको अर्याल होटलमा बस्ने बैठकमा एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल हुने र निष्कर्ष निकालिने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसी संसदबाट पारित गराउनु पर्ने पक्षमा स्पष्ट रुपमा उभिँदा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो आधिकारिक धारणा अझै तय गरेको छैन। तर उसले राष्ट्रहितविपरीतका बुँदाहरु संशोधनविना एमसिसी पारित गर्न नहुने र त्यसका लागि नेकपा एमालेसहितलाई सहमतिमा ल्याउनुपर्ने बताउँदै आएको छ।

नेकपा माओवादी केन्द्रले भने संसदीय दलमार्फत एमसिसीको विपक्षमा उभिने र जबरजस्ती पारित गराउन खोजिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार