देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘एमसिसीलाई सत्ता स्वार्थसँग जोडेर अनावश्यक प्रचारबाजी गरियो’ – प्रवक्ता महत

0

काठमाडौ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धनका दलहरुको सहमतिमै एमसिसी संसदमा टेबल हुने र सहमतिमै अनुमोदन समेत हुने बताएका छन् ।

नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा न ६ छहरेमा नेपाली काङ्ग्रेस नुवाकोट निर्वाचन क्षेत्र न १ र निर्वाचन क्षेत्र न १ को प्रदेश ख को कार्यलय उदघाटन गर्न शनिबार आयोजना गरिएको एक कार्यक्रमा प्रवक्ता महतले सो कुरा बताएका हुन् ।

एमसिसी राष्ट्रिय विकासको हितको निम्ति नेपाललेनै प्रस्ताव गरेको परियोजना भएको बताउँदै प्रवक्ता महतले भने ‘यो मुलुकको विकासकालागी हामिलेनै माग गरेको परियोजना हो । यसलाई सत्ता स्वार्थसँग जोडेर अनावश्यक प्रचारबाजी गरियो ।’

‘एमाले एमसीसीको पक्षमा छ । देशको हितको सवालमा एक अर्का देशसँग सम्बन्ध बिगारेर जानुहुँदैन । एमसीसी निजी स्वार्थको लागि होइन, काँग्रेसले राष्ट्रिय हितको लागि पास गर्नुपर्छ भनेको हो। एमसीसीबारे भएका आलोचना गलत छन् ।’ प्रवक्ता महतको भनाई थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य द्वय नेताहरु बहादुर सिंह लामा,रामहरी खतिवडा बागमती प्रदेश सभापती इन्द्र बहादुर बानिया नेपाली काङ्ग्रेस नुवाकोटका सभापती रमेश कुमार महत,जिल्ला समन्वय समितीका प्रमुख सन्तमान तामाङ र बागमती प्रदेश स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली,महासमिती सदस्य अर्जुन प्रसाद न्यौपाने लगायत काङ्ग्रेस नेताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत द्वारा १४ औँ महाधिवेशन सम्पन्न गराउन सक्रिय भुमिका निर्वाह गर्नुहुने नेपाल शिक्षक संघका प्रतिनिधीहरूलाई सम्मान गरिएको थियो ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार