देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसिसीलाई समितिमा लैजाऊँ- प्रचण्ड, संसदमै टेबल गरौँ – प्रधानमन्त्री

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस हुने भएको छ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एमसिसीलाई संसदमा पेस गर्न सहमति जुटाएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रवक्ता कार्किका अनुसार यसअघि संशोधनबिना एमसिसी संसदमा टेबल गर्न नसकिने अडान लिएको सत्ता साझेदार दल माओवादी केन्द्र पनि एमसिसीलाई टेबल गर्न सहमत भएको छ ।

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण एमसिसी टेबल गर्ने समझदारी भएको बताइन् ।

‘अध्यक्ष प्रचण्डले यदी तपाईं टेबुल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गर्नु भयो तर प्रधानमन्त्रीज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ’। उनले भनिन्, ‘उपरोक्त स्थितिमा आ आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भयो ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार