देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसिसी अनुदान लिने कि नलिने प्रष्ट भन्नुपर्‍याे – प्रस्तावित राजदूत खत्री

0

काठमाडौं – अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसिसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताएका छन्।

सोमबार संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसिसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरुले भ्रम फैल्याउने काम गरेको दावी समेत गरे। उनले एमसिसी अनुदान भएको र ऋण तिर्नु नपर्ने स्पष्ट पारे।

प्रस्तावित राजदूत खत्रीले भने, ‘यो इन्डो प्यासेफिक स्ट्राटिजी र एमसिसीलाई मिसाएर हेर्ने धेरैजसो कारणले नेपालमा म बुझ्दछु। यो धारणा केही हदसम्म गलत पनि हो। केही हदसम्म चाँही यो धारणा नेपाल पटीबाट पनि अमेरिकाबाट पनि गल्ती भयो भन्ने अर्को धारणा जस्तो लाग्छ।’

‘एउटा नेपालतिरबाट गल्ती भएको मैले के देखेको छु भने–यो अनुदान हो,तर पार्लियामेन्टबाट पास हुनुपर्छ।’ उनले भने ‘दुई साईटबाटै भ्रम फैलिएकोजस्तो देखिन्छ। मैले के देख्छु भने– लिने हो भने पनि प्रष्ट भने हुन्छ। नलिने हो भने पनि प्रष्ट भने हुन्छ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार