देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘एमसिसी सदनमा प्रस्तुत भए विपक्षमा मतदान गर्छु’ – नेता रावल

0

काठमाडौं – नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा सदस्य भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) सम्झौता संसद्‍बाट अनुमोदन नगराउन प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरू समक्ष आग्रह गरेका छन् ।

नेता रावलले सोमबार प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरूको नाममा खुला स्मृति पत्र सार्वजनिक गर्दै एमसीसी सम्झौता राष्ट्र हितमा नरहेकाले संसद्‍बाट अनुमोदन नगराउन ध्यानाकर्षण गराएका हुन् ।

नेता रावलले आजसम्म कुनै पनि देशसँग भएका अनुदान सम्झौता संसद्‍मा अनुमोदनका लागि पेस नभएको भन्दै एमसीसी सम्झौतालाई किन संसद्‍बाट पारित गर्नुपर्ने भन्ने प्रश्न गरेका थिए ।

एमसीसी सम्झौता कार्यान्वयनका लागि नेपालमाथि थुपरिएका सर्तले नेपाललाई शक्ति राष्ट्रको सामरिक स्वार्थभित्र रहन बाध्य तुल्याउने भन्दै उनले नेपालको संविधान, राष्ट्रिय स्वाधिनता र हितसँग बाझिने सम्झौताका प्रावधान संशोधन र परिवर्तन हुनुपर्ने र त्यसो गर्न नसकिए सम्झौता रद्द गर्नुपर्ने उनको अडान छ

यस्तै उनले आफूले प्रतिनिधि सभामा व्यक्तिगत रुपमा उक्त प्रस्तावको विरुद्धमा मतदान गर्ने पनि उल्ले गरेका छन् ।

भिडियो सभार कान्तिपुर बाट –

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार