देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘एमसिसी सार्न पाए राम्रो हुन्छ’ – नेपाल

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसिसीलाई सार्ने पक्षमा पछि धकेल्ने पक्षमा देखिएका छन्।

शुक्रबार वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसिसीको विरोधमा जनमत देखिएकाले कतिपय कुराहरू मिलाउनु पर्ने बताए।

उनले यथास्थितिमा एमसिसीको समर्थन गर्न नसकिने बताउँदै केही बुँदामा प्रष्टिकरण आवश्यक रहेको बताए। ‘जनमत एमसिसीको विपक्षमा रहेकोले कसरी हामीले जनमतलाई आश्वस्त बनाउने भन्ने कुरा एउटा ठूलो चुनौती रहेको छ,’ अध्यक्ष नेपालले भने, ‘यसलाई सार्न पाए राम्रो हुन्छ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार