देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसीका विषयमा जथाभावी नबोल्न माधब नेपालको निर्देशन

0

काठमाडौं – एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् ।

काठमाडौंमा बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिएका हुन् ।

एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै  उनले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

यस्तो छ राजनीतिक प्रतिवेदन–
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोलिटब्युरोको प्रथम बैठक तथा केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन

प्रिय कमरेडहरू, आज हामी हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्युरोको प्रथम बैठकमा उपस्थित भएका छौं। हामीले दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र व्यक्तिवादका विरुद्ध विद्रोह गरेर। पार्टी पुनर्गठन गरेदेखि अहिलेसम्मका कामको सामान्य समीक्षा र वर्तमान राजनीतिक परिस्थितिको ठोस। विश्लेषण गरी तात्कालिक कार्ययोजना तय गर्ने कार्यसूचीका साथ आयोजित यस बैठकको प्रारम्भमा म। सर्वप्रथम यहाँ उपस्थित सम्पूर्ण कमरेडहरूलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछ र सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै पार्टीका संस्थापक महामन्त्री कमरेड पुष्पलाल, प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री कमरेड मनमोहन अधिकारी र जननेता कमरेड मदन भण्डारीलगायत सबै अग्रज नेताहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै विषयमा प्रवेश गर्न चाहन्छ।

 १. वर्तमान अन्तर्राष्ट्रिय परिस्थित र नेपाल :  वर्तमान अन्तर्राष्टिय परिस्थिति गम्भीर अन्तर्विरोध, ध्रुवीकरण र द्वन्द सिर्जना हुने परिस्थितिबाट अगाडि बढिरहेको छ। समाजवाद र पूँजीवादबीचको अन्तरविरोध नयाँ उचाइमा पुगेको छ। साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुबीचको अन्तरविरोध पनि जटिल बन्दै गएको छ। साम्राज्यवादी शक्तिहरू स्वतन्त्र राष्ट्रहरूमा आफ्नो प्रभाव विस्तार गर्न र प्रभुत्व कायम गर्न प्रयत्नशील छन्। साम्राज्यवादी शक्तिहरुबीचमा पनि आफ्नो प्रभाव र प्रभुत्व कायम राख्नका लागि प्रतिस्पर्धा भैरहेको छ।

एकाधिकार पूँजीवाद, वित्तीय पूँजीवाद र बहुराष्ट्रिय निगमहरूले विश्वव्यापी रुपमा श्रमजीवी वर्ग र आम उपभोक्तामाथि चरम शोषण गरिरहका गन्। आणविक लगायत हातहतियारको होडबाजी चलिरहेको छ। शक्ति राष्ट्रले कमजोर राष्ट्रमाथि हमला गर्ने कार्य हुँदै छ। विश्व शान्तिमा गभीर संकट देखापर्न थालेको छ। विश्वको शक्ति सन्तुलनमा परिवर्तन हुन पनि थालेको छ। समाजवादी चिनले हासिल गरेको आर्थिक र सामरिक प्रगति पूँजीवादी एवं साम्राज्यवादी शक्तिलाई उछिन्ने गरी अगाडि बढ्दै छ।

 अमेरिकालगायत पश्चिमा शक्ति राष्ट्रहरू चीनले गरेको द्रूततर विकासले गर्दा विश्व शक्ति सन्तुलनमा देखिएको नयाँ अवस्थालाई अवरुद्ध पार्न प्रयत्नशील छन। अमेरिकी ध्रुवमा पुनः एकीकृत हुन खोज्ने छन्। तिनीहरूले आक्रामक रहेको नयाँ रणनीति तय गर्दछन्। विश्व पुनः शीतयुद्धतर्फ धकेलिने परिस्थिति उत्पन्न हुँदैछ। यस परिप्रेक्षमा चीनको अन्तराष्ट्रिय विकास साझेदारी कार्यक्रम (द्यच्क्ष्) लाई असफल पार्न र आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न अमेरिकाले हिन्द प्रशान्त रणनीति (क्ष्एक्), चार देशीय सुरक्षा समझदारी (त्तग्ब्म्) र तीन देशीय सुरक्षा समझदारी (ब्ग्प्ग्क्) जस्ता रणनीतिक योजना अगाडि सारेको छ।

 अफगानिस्तान, इराक, लिबिया, सिरियालगायत मध्यपूर्वी देशमा एकपछि अर्को धक्का व्यहोरेपछि पनि आफ्नो प्रभुत्ववादी एवं हस्तक्षेपकारी कदम कायम राख्न अमेरिका र उसका सहयोगी राष्ट्रहरूले उत्तर। एटलान्टिक सन्धी सङ्गठन (ल्ब्त्इ) को विस्तार गर्ने प्रयत्न गरिरहेका छन। त्यसले गर्दा विश्व शान्तिमा खलल पर्न गएको छ। हाल युक्रेनमा भएको रुसी आक्रमण पनि क्षेत्रीय प्रभुत्व कायम गर्ने। पश्चिमी राष्ट्रहरूको प्रयत्न र रुसी स्वार्थबीचको टकरावबाट उत्पन्न परिणाम हो। हामी सबैखाले प्रभुत्ववाद, सैन्य गठबन्धन, हस्तक्षेप र आक्रमणको निन्दा एवं भत्सर्ना गर्दछौं र न्याय, स्वतन्त्रता र सार्वभौमिकताको रक्षाका निम्ति हुने सङ्घर्षमा ऐक्यबद्धता जाहेर गर्दछौं। उपयुक्त अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव नेपालमा पनि पर्नु स्वाभाविक हो। विद्यमान अन्तर्राष्ट्रिय परिस्थितिले प्रभाव पारिरहेका अवस्थामा हामीले नेपालमा समाजवादी आन्दोलन अगाडि बढाउने प्रयत्न गरिरहेका छौं। यहाँ पनि समाजवादका पक्षधर र विरोधी शक्तिहरूबीच अन्तर्विरोध छ।

 यहाँको कम्युनिष्ट आन्दोलनभित्र समाजवाद विरोधी अर्थात समाजवादतर्फ अगाडि बढ्न नचाहने दक्षिणपन्थी चिन्तन र व्यवहार प्रकट भयो र हामी त्यस गलत चिन्तन र व्यवहारका विरुद्ध विद्रोह गरेर अगाडि बढिरहेका छौं। अगाडि बढ्ने क्रममै आज हामी या उपस्थित छौं।

 २. दक्षिणपन्थी विसर्जनवादका विरुद्ध विद्रोह र पार्टी पुनर्गठन अभियान हामीले तत्कालीन नेकपा (एमाले) मा उत्पन्न दक्षिणपन्थी अवसरवाद एवं विसर्जनवाद, व्यक्तिवादी। अहंकारवाद, निरङ्कुश एवम् स्वेच्छाचारी प्रवृत्ति र चरम गुटबन्दीका विरुद्ध विद्रोह गरेर आजभन्दा करिब साढे छ महिना पहिले २०७८ भाद्र २ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को गठन गरी पार्टी पुनर्गठन अभियान सुरु गरेका थियौं। निर्वाचन आयोगबाट २०७८ भाद्र ९ गते पार्टी दर्ता भएको प्रमाण पत्र प्राप्त गरिसकेपछि त्यस अभियानलाई अगाडि बढाइएको थियो। नवगठित पार्टी केन्द्रीय कमिटीको प्रथम बैठकबाट तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने योजना तर्जुमा गरी। त्यसको कार्यान्वयनमा जुटेका थियौं। त्यस योजना अनुसार हामीले एमालेमै रहेर प्रतिगमन विरुद्ध सङ्घर्ष गरिरहेको बेला गठन गरेका समानान्तर कमिटीहरूलाई नेकपा (एकीकृत समाजवादी। मा रूपान्तरण गर्ने।

जनवर्गीय संगठनका कमिटीहरूलाई पनि नेकपा (एकीकृत समाजवादी) का भात भगिनी सङ्गठनका कमिटीमा रुपान्तरण गर्ने साविक नेकपा (एमाले) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा स्थानीय तहका जन प्रतिनिधिहरूले नेकपा (एकीकृत समाजवादी) लाई आफ्नो पार्टीका रूपमा रोज्ने, सनाखत गर्ने। देशव्यापी रुपमा पार्टी कमिटीहरू गठन, पुनर्गठन, बैठक, भेला, वैचारिक प्रशिक्षण आदि कार्य अभियानको रूपमा सञ्चालन गर्ने, साविक नेकपा (एमाले) का सङ्गठित सदस्यहरूलाई नेकपा (एकीकृत समाजवादी। का संगठित सदस्यमा रूपान्तरण गर्ने नयाँ सदस्यता दिन योग्य कमरेडहरूलाई आवेदन फाराम भराएर संगठित सदस्यता प्रदान गर्ने व्यापक रूपमा पार्टी सदस्यता वितरण गर्ने, जनवर्गीय संगठनहरुका सदस्यता पनि व्यापक रूपमा वितरण गर्ने प्रवासमा रहेका एमाले पार्टी सम्बद्ध प्रवासी नेपाली संस्था (इखचकभबक ल्भउबभिकभ ब्ककयअष्बतष्यल (इल्ब्) लाई हाम्रो पार्टीमा आबद्ध गर्ने, सबै प्रदेश तथा जिल्लामा पार्टी कार्यालय स्थापना गरी सन्चालन गर्ने केपी ओली पक्षले फैलाएका भ्रमहरुको सशक्त रूपमा खण्डन गर्ने र जनता तथा कार्यकर्ताको बिचमा पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्नका लागि व्यापक रूपमा प्रचार अभियान चलाउने, व्यवस्थित प्रशिक्षण अभियान सञ्चालन गर्ने सबै कमिटीहरूले काप। सन्चालनको व्यवस्था गर्ने र त्यसका निम्ति बैंक खाता खोल्ने जस्ता कामहरू गर्नुपर्ने थियो। हामीले उपयुक्त कार्ययोजना बनाएर काम गर्न थालेको साढे छ महिना भएको छ।

 यस अवधिमा केन्द्रीय कमिटी, तीनवटा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मान्य केन्द्रीय। परिषद, सातवटा प्रदेश कमिटी र छयहत्तर जिल्ला कमिटी गठन भएका छन्। ७५३ पालिकामध्ये अधिकांश पालिकामा कमिटी गठन भएका छन् र बाँकी पालिकाहरुमा गठन गर्ने काम भइरहेको छ। ६७४३ वडामध्ये पनि अधिकांश वडामा कमिटी गठन भएका छन् र बाँकी वडामा गठन गर्ने कार्य जारी छ। उपत्यका विशेष प्रदेश कमिटी र त्यस अन्तर्गत तीनवटा जिल्ला कमिटी तथा बाह्र शाखा कमिटी गठन भएका छन्।

 पार्टी सम्बद्ध जनसंगठनहरू अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, एकीकृत ट्रेड युनियन महासंघ, युवा संघ नेपाल, अनेरास्ववियु, पेशागत महासंघ र त्यस अन्तर्गतका घटक सङ्गठन, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ र त्यस अन्तर्गतका घटक सङ्गठन, नेपाल खेलकुद महासंघ (समाजवादी र त्यसका अन्तर्गतका घटक सङ्गठन, राष्ट्रिय जनसांस्कृतिक महासघं समाजवादी), आदिवासी जनजाति महासंघ समाजवादी), समाजवादी प्रेस संगठन र नेपाल दलित मुक्ति। सङ्गठनका केन्द्रीय तथा प्रदेश कमिटी गठन भएका छन र यी सङ्गठनका जिल्ला तथा स्थानीय कमिटी। गठन गर्ने काम पनि भैरहेको छ।

त्यसैगरी नेपाल बुद्धिजीवी परिषद् (समाजवादी), नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी), समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठन, समाजवादी इन्जिनियर्स एसोसिएसन नेपाल र समाजवादी अपाङ्गता सङ्गठन नेपाल पनि निर्माण भएका छन्। सम्पर्क विशेष प्रदेश कमिटी र त्यस अन्तर्गत सात प्रदेशमा सम्पर्क कमिटी तथा ५६ जिल्लामा सम्पर्क मञ्च गठन भएका छन्। भारत प्रवास र भारत प्रवासबाहेक अन्य प्रवासका २५ मुलुकमा प्रवासी नेपाली एकता मञ्चका कमिटीहरू बनेका छन्। यसैबीच नेकपा (जनवादी) र राष्टिय जागरण अभियान समुहगत रूपमा नै पार्टीमा एकताबद्ध भएका छन् भने हजारौं व्यक्तिहरू विभिन्न पार्टी परित्याग गरी कोही सामूहिक रूपमा त कोही व्यक्तिगत रूपमा हाम्रो पार्टीमा आबद्ध भएका छन्। यसरी हाम्रो पार्टी आज देशव्यापी र जनव्यापी रूपमा स्थापित हुँदै गएको छ। हाम्रो काम जति भएको छ त्यसको सम्पूर्ण तथ्याङ्क प्राप्त भएका छैनन्।

 खासगरी मधेश प्रदेश र लुम्बिनी प्रदेशबाट आउनुपर्ने तथ्याङ्क आएका छैनन्। तथापि हालसम्म प्राप्त तथ्याङ्कका आधारमा नै भन्न सकिन्छ कि हाम्रो पार्टी देशव्यापी रूपमा फैलिएको छ र क्रमशः मजबुत बन्दै गैरहेको छ। तर, यो पर्याप्त छैन। तीन महिने कार्ययोजनामा निर्धारित सबै पालिका र वडामा कमिटी निर्माण गर्ने लक्ष्य अझै प्राप्त भएको छैन। २०७८ माघ २५ गते बसेको केन्द्रीय सचिवालयको १३ औं बैठकले सङ्गठन निर्माणको विशेष अभियान सञ्चालन गरी फागुन मसान्तसम्म प्रत्येक पालिकाका सम्पूर्ण वडामा पारी जनसंगठनका कमिटी निर्माण गरिसक्ने निर्णय गरेको थियो र त्यस निर्णयलाई अपानि– मार्फत पार्टी पंक्तिमा प्रसारित गरिएको थियो। तर अझै पनि सबै पालिका र वडामा कमिटी निर्माण कार्य सम्पन्न भएको छैन। हामी तीन महिने संगठन निर्माण अभियानमा रहेको बेला कोभिड–१९ को संक्रमण व्यापक रूपमा फैलिएकाले हाम्रो अभियानमा असर पर्यो।

अहिले कोभिड–१९ को संक्रमण कम छ। गएको छ। अब फेरि उक्त संगठन निर्माण अभियान अगाडि बढाउन सकिन्छ। स्थानीय निर्वाचन तहसम्म हुने भएकाले प्रत्येक पालिकाको वडा र टोल तहसम्म सङ्गठन निर्माण नभएमा निर्वाचनमा सहभागिता ने जनाउन कठिनाई हने भएकाले प्रत्येक पालिकाका सम्पूर्ण वडा र सकेसम्म टोल तहसम्म पार्टी कमिटी र जनसंगठनका कमिटीहरू निर्माण गर्नु अनिवार्य छ। त्यसैले कमिटी निर्माण अभियान जारी राख्नु पर्छ र आगामी चैत १५ गतेसम्म सबै पालिकाका सम्पूर्ण बडा र सकेसम्म टोल तहसम्म पार्टी र जनसंगठनका कमिटीहरू निर्माण गरिसक्नु पर्दछ।

 ३. पाँच दलीय गठबन्धन र सरकारमा हाम्रो सहभागिता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्राप्त जनमतको आधारमा प्रधानमन्त्री बनेका तर आफ्नै गलत विचार र व्यवहारका कारणले पार्टीभित्र बहुमत गुमाएका केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान र अग्रगामी उपलब्धिलाई समेत उल्टाउने उद्देश्यले २०७७ पौष ५ मा असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गरेपछि हामी त्यस प्रतिगमनकारी षडयन्त्रका विरुद्ध मैदानमा उत्रिएका थियौं। सर्वोच्च अदालतले २०७७ फागुन ११ मा प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेपछि पनि केपी ओली पछाडि हटेनन्।

उनको दक्षिणपन्थी अवसरवादी चिन्तनद्वारा निर्देशित षड्यन्त्रकारी यात्रा जारी नै रह्यो। २०७७ फागुन २३ मा सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादीबीचको एकता भङ्ग गर्ने निर्णय गरेपछि उनको षड्यन्त्रकारी यात्रा झनै अगाडि बढ्यो। २०७७ फागुन २८ मा। आफ्नो गुटको बैठक राखेर उनले नेकपा (एमाले) मा विभाजन ल्याउन निर्णय गरे। पुनःस्थापित प्रतिनिधि सभाले आफुलाई विश्वासको मत नदिएपछि उनले फेरि चरम अलोकतान्त्रिक एवं प्रतिगामी कदम चाल्दै २०७८ जेठ ७ मा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरे।

हामीले उनको त्यस प्रतिगामी कदमका विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्यौँ र स्वयम् उपस्थित भएर सनाखत समेत गयौं। सर्वोच्च अदालतबाट २०७८ असार २८ मा प्रतिनिधि सभाको दोस्रो पटक पुनःस्थापना भएपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत पनि दियौँ। तर पनि हामी गठबन्धन र सरकारमा सामेल भएका थिएनौं। हामी नेकपा (एमाले) मा २०७५ जेठ २ पूर्वको अवस्था कायम भएमा त्यहीं नै रहने पक्षमा थियो। तर ओली गट नेकपा (एमाले) लाई विभाजन गरि छाड्ने पक्षमा उभिएकाले एकता जोगाउन सम्भव भएन।

 हामीले संघीय लोकतान्त्रिक गणतन्त्र र नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका निम्ति योगदान गर्न दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र व्यक्तिवादका विरुद्ध विद्रोह गरी अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गयौं। निर्वाचन आयोगले हाम्रो पार्टी दर्ता भएपछि हामी विधिवत् रूपमा पाँच। दलीय गठबन्धनमा सामेल भयौं र सरकारमा पनि समावेश भयौं। अहिले हामी संघीय सरकार र सातमध्ये छ वटा प्रदेश सरकारमा सामेल छौं। प्रदेश एक र वागमती प्रदेशमा हामीले सरकारको नेतृत्व नै। गरिरहेका छौं। सरकारमा रहेर देश र जनताको पक्षमा काम गर्ने प्रयास गरिरहेका छौं। तथापि अहिले संघीय तथा प्रदेश सरकारहरूबाट भएका कामले जनताको मन जित्न सकेका छैनन् भन्ने तथ्यलाई नजरअन्दाज गर्न सकिदैन। आगामी दिनमा अझ बढी जनपक्षीय काम गरेर जनताको मन जित्नु पर्दछ। हाम्रो पार्टीका नेताहरूले नेतृत्व गरेका प्रदेश सरकार र संघीय तथा प्रदेश मन्त्रालयहरूबाट भएका काम जनताको मन जित्ने खालका हुनै पर्दछ।

४. राष्ट्रिय सभाको निर्वाचनमा हामी हामीले नेपाली कम्युनिष्ट आन्दोलनमा केपी ओलीको नेतृत्वमा अत्यन्त भद्दा रूपमा प्रकट भएको। दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र व्यक्तिवादका विरुद्ध विद्रोह गरी पार्टी पुनर्गठन अभियान सञ्चालन गरिरहेको र पाँच दलीय गठबन्धन एवं संघीय तथा प्रदेश सरकारहरूमा रहेर काम गरिरहेको अवस्थामा राष्ट्रिय सभाको चार वर्षीय कार्यकाल सकिएर रिक्त हन गइरहेका उन्नाइस स्थानका लागि निर्वाचन भएको। छ। त्यस निर्वाचनमा पाँच दलीय गठबन्धनले संयुक्त रूपमा उम्मेदवारी दिई उन्नाइसमध्ये अठार। स्थानमा विजय हासिल गरेको छ। अठारमध्ये पाँच स्थान हाम्रो पार्टीले प्राप्त गरेको छ। राष्टिय सभाको चार वर्षीय कार्यकाल सकिनेमा हाम्रो पार्टीका चार जना कमरेडहरू हुनुन्थ्यो। अहिले हामीलाई एक स्थान बप प्राप्त भएको छ। यो गठबन्धनमा रहेर निर्वाचनमा जाँदा भएको उपलब्धी हो। यस। उपलब्धिलाई हाम्रो भावी राजनीति तथा देश र जनताको सेवामा उपयोग गर्नु पर्दछ।

५. एमसीसी र व्याख्यात्मक घोषणा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट’ एक अमेरिकी विकास परियोजना हो। नेपालमा यो। परियोजना ल्याउने पहल सन् २०११ बाट सुरु भएको थियो र २०१७ सेप्टेम्बर १४ मा सम्झौतामा। हस्ताक्षर गरिएको थियो। सुरुमा सम्झौता गर्दा यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान राखिएको। थिएन। केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले २९ सेप्टेम्बर २०१९ मा कार्यक्रम। कार्यान्वयन सम्झौता गदा यसलाई संसदबाट अनुमोदन गराउने प्रावधान थपेका थिए। ओली सरकारको परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सन् २०१८ को डिसेम्बरमा अमेरिका गएको बेला संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीति (क्ष्लमय–एबअषष्अ क्तचबतभनथ) को सदस्य बनेको भनी उक्त रणनीतिको प्रतिवेदनमा उल्लेख गरियो।

 सन् २०१९ मे मा नेपाल आएका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डेभिड जेरन्जले एमसिसी सम्झौता अमेरिकी हिन्द–प्रशान्त रणनीति (आइपिएस अन्तर्गत रहेको अभिव्यक्ति दिए। त्यसले गर्दा एमसीसी कम्प्याक्ट विवादमा तानियो। केपी आलीले पार्टीमा कुनै सरसल्लाह नै नगरी उक्त विवादित एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गराउनका निम्ति संसद सचिवालयमा दर्ता गराएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्को विवाद उत्पन्न भयो। त्यस विवादित विषयमा अध्ययन गरी पार्टीमा सुझाव प्रस्तुत गर्नका निम्ति कमरेड झलनाथ खनाल, भिम रावल र प्रदिप ज्ञवाली रहेको एक कार्यदल गठन गरियो। त्यस कार्य दलले तत्काल उपलब्ध सामग्रीहरूको अध्ययन गरी एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्न नहुने सुझावसहितको प्रतिवेदन पार्टीलाई दियो। केपी ओलीले उक्त प्रतिवेदन बुझे तर त्यसको कार्यान्वयनमा कत्ति पनि चासो राखेनन्।

पार्टीमा चर्को विवाद भएको र ओली सत्ताच्युत समेत भएकाले तत्काल एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने कार्य रोकियो। शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गराउन जोड दिए। यससम्बन्धी विवाद फेरि सतहमा आयो। हामीले पार्टीको केन्द्रीय सचिवालयमा छलफल गरी एमसीसी कम्प्याक्टको अझै गहन अध्ययन गरौं र यसका आपत्तिजनक बुँदा के के छन् छुट्याऊँ भन्ने निष्कर्षका साथ सम्मानित नेता कमरेड झलनाथ खनाल, उपाध्यक्ष कमरेड प्रमेश हमाल र उपमहासचिव कमरेडहरू डा. विजय पौडेल र जगन्नाथ खतिवडालाई ठोस अध्ययनको जिम्मा दियौँ। कमरेडहरूले आफ्नो अध्ययन र अन्य कमरेडहरूले गर्नुभएका अध्यायहरूको समेत आधारमा एमसीसी कम्प्याक्टमा रहेका एघार वटा बुँदा आपत्तिजनक भएकाले यसलाई जस्ताको तस्तै अनुमोदन गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन पार्टीमा बुझाउनु भयो।

हाम्रो स्थायी कमिटीको दशौं बैठकले एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्न नसकिने तर संसदमा बहस गर्न हामी तयार हुने भन्ने निर्णय गर्यो भने सचिवालयको सोही बैठकले प्रतिनिधि सभामा पेस गरिएको एमसीसी कम्प्याक्ट सम्बन्धी प्रस्ताव जस्ताका तस्तै अनुमोदन गराउन खोजे त्यसको विपक्षमा रहने निर्णय गर्यो। त्यसैबीच नेका र एमालेबीच अनेकौँ चरणमा वार्ता भयो भने पाँच दलीय गठबन्धनमा पनि वार्ताहरू भए। नेका र एमालेबीचको बाता पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रो पार्टीका चौध जना सांसदलाई कार्वाही गर्ने, पार्टीको दर्ता खारेज गर्ने तथा प्रधानन्यायाधीशमाथिको महाअभियोग फिर्ता लिनुपर्ने गरी एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्नेतर्फ अग्रसर भयो। त्यस प्रकारको परिस्थितिबीच पाँच दलीय गठबन्धनमा संलग्न दलहरू वैकल्पिक निकासको खोजीमा लागे। त्यसक्रममा एमसीसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो। त्यस धारणामा हामी पनि आधारभूत रूपमा सहमत भयौं।

२०७८ फागुन १५ मा बसेको हाम्रो पार्टी स्थायी कमिटीको एघारौँ बैठकले हामीले उठाएका एघार बुँदाको सम्बोधन हुने र यदि व्याख्यात्मक घोषणा अनुरूप नभएमा ३० दिनको सूचना दिएर सम्झौता खारेज गर्न सकिने समेतको व्याख्यात्मक घोषणासहित एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गर्न सकिने निर्णय गयो। सोही निर्णय अनुरूप हामीले बाह्र बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गर्न सहमति जनायौँ। यदि हामीले यसो नगरेको भए नेका र एमाले मिलेर पाँच दलीय गठबन्धनलाई तोडने, सभामुखलाई पदबाट हटाउने र हाम्रो पार्टीका चौध जना सांसदलाई कार्वाही गर्ने गरी नेका र एमाले मिलेर एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्ने थिए।

त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका चौध जना सांसदलाई कार्वाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्ने सम्मका कार्य हुनसक्थे। हामीले वैकल्पिक बाटो रोजेर ती सवै खतरालाई टारेका छौं।

६. वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति राष्ट्रिय राजनीतिक परिस्थिति अझै पनि तरल अवस्थामै रहेको छ। मुलुक संविधानले निर्देश गरेको दिशामा स्थिर ढङ्गले अगाडि बढ्न सकेको छैन। नेपाली राजनीतिक आकासमा अस्थिरताका काला बादल अझै पनि मडारिरहेका छन्। प्रतिगमनकारी षडयन्त्रका तानावाना अझै पनि बनिँदै छन्।

 जनप्रतिनिधिहरूले जनताका आवाज मुखरित गर्नुपर्ने थलो संसद अलोकतान्त्रिक एवं प्रतिगमनकारी चिन्तन र व्यवहारको शिकार बनिरहेको छ। चुनाव हुन्छ कि हुँदैन? पाँच दलीय गठबन्धन टुट्छ कि टुट्दैन ? भन्ने जस्ता प्रश्न उठ्ने गरेका छन्। यसरी राजनीतिक क्षेत्र एक प्रकारको अनिश्चयात्मक परिस्थितिबाट गुज्रिरहेको छ। मुलुकको आर्थिक अवस्था भनेपछि झन् खस्किँदो छ। सबैजसो आर्थिक सूचकाङ्कहरू निराशाजनक छन। सबैभन्दा बढी अस्तव्यस्त भएको न्याय क्षेत्र अझै पनि सुधारको पर्खाइमा नै छ। समाजमा विद्यमान वर्गीय, जातीय, धार्मिक, सांस्कृतिक आदि प्रकृतिका असमानता, विभेद, अन्धविश्वास र रुढीवादी संस्कार एवं संस्कृतिजस्ता विकृति र विसङ्गतिको अन्त्यका लागि गर्नुपर्ने सामाजिक रुपान्तरणका काम केही पनि भएका छैनन्।

 मुलुक यतिबेला राजनीतिक रूपले मूलतः दुई धार विभाजित छ। एउटा व्यक्तिवादी स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दक्षिणपन्थी अवसरवादी धार र अर्को संविधानको पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरे अनुरूप मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन चाहने बाम लोकतान्त्रिक धार। अघिल्लो प्रवृत्तिको मूल बाहक केपी ओली हुन् भने वाम लोकतान्त्रिक धारका अगुवा पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरू हुन्। वर्तमान वाम लोकतान्त्रिक गठबन्धनमा रहेका राजनैतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक फरक भए तापनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर यिनीहरूले गठबन्धनमा रही सहकार्य गरिरहेका छन्। यस गठबन्धन र सहकार्यलाई कम्तिमा पनि आगामी स्थानीय।

 तहको निर्वाचनसम्म मात्र होइन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने। आवश्यकता छ। संविधान निर्माणमा सहकार्य गरेका राजनैतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ। हामी अहिले संघीय तथा प्रदेश सरकार मार्फत जागरण अभियानहरूमा सामेल छौं र त्यहाँबाट देश र जनताको सेवा गर्ने प्रयास गरिरहेका छौं।

हामी राष्ट्रियता, जनवाद, जनजीविका, सामाजिक न्याय, समानता र समाजवादको पक्षमा दृढतापूर्वक उभिएका छौं र उभिने छौं। हामी भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, अपारदर्शीता र अल्पदृष्टिको सख्त विरोधी छौ र नियमितता, सुशासन, शान्ति सुव्यवस्था, चुस्तदुरुस्त, पारदर्शिता र दूरदृष्टि आदि प्रति पूर्ण प्रतिबद्ध छौं। यी मान्यतालाई व्यवहारमा उतार्न। हामी पूर्ण इमानदारिताका साथ लागिपर्ने छौं।

 ७. तात्कालिक कार्ययोजना पार्टीका हरेक कार्ययोजनाहरु पार्टीले तत्काल अंगालेको कार्यदिशा र कार्यनीतिको सेवा गर्ने खालका हुन पर्दछ। हरेक कार्ययोजनाले तात्कालिक कार्यनीतिक लक्ष्य प्राप्तिमा सहयोग पुर्या७शधव;उनु पर्दछ। अहिले पार्टीले समाजवादी कार्यदिशा अंगालेको छ र तात्कालिक कार्यनीतिक कार्यभार पनि तय गरेको छ।

 यस केन्द्रीय कमिटीको प्रथम बैठकबाट पारित राजनीतिक प्रस्तावमा “दलाल नोकरशाही पूँजीवादी शोषण दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध सङ्घर्ष गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा अडिएको समृद्ध नेपाल निर्माणको अभियान सञ्चालन गर्न र सामन्तवादको अवशेषका रूपमा रहेका आर्थिक शोषण, कुरीति, अन्धविश्वास र रुढीवादीको समूल अन्त्यका निम्ति आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नु नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तात्कालिक मुख्य कार्यभार हुन्’ भनिएको छ। पार्टीका तात्कालिक कार्यभारका रूपमा उल्लिखित यी कार्यहरू पूरा गर्न नै आजका हाम्रा तात्कालिक कार्यनीतिक लक्ष्य हुन्। तात्कालिक कार्ययोजना तात्कालिक कार्यनीतिक लक्ष्य प्राप्तिका निम्ति गरिने कामको योजना हो। त्यसैले तात्कालिक कार्ययोजना तात्कालिक ठोस राजनीतिक परिस्थिति अनुरुपको हुन्छ, हुनुपर्दछ। आजको ठोस राजनीतिक परिस्थिति आगामी बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनतर्फ यहाँका राजनीतिक शक्तिहरू उन्मुख छन् र मुलुक नै त्यसतर्फ उन्मुख भएको छ भन्ने हो। यस निर्वाचनमा एकातर्फ प्रतिगमनकारी एवं अलोकतान्त्रिक शक्तिहरू हुने छन् भने अर्कोतर्फ लोकतन्त्र र अग्रगमनका पक्षधर शक्तिहरू हुनेछन्।

यतिबेला हाम्रा सामु आगामी निर्वाचनका दौरान आफ्ना विचार र योजनाहरू लिएर जनतामाझ जाने र उनीहरूको मत लिएर जनसमर्थन प्राप्त सुदृढ राजनीतिक शक्तिको रूपमा आफुलाई स्थापित गर्नुपर्ने चुनौति छ। आजको ठोस परिस्थिति यही हो। यस ठोस परिस्थितिमा हामीले निम्न कार्यहरू द्रुत गतिमा अगाडि बढाएर आगामी निर्वाचनका लागि पूर्ण तयारी गर्ने कार्ययोजना तय गर्नु पर्दछ।

 ७.१. पार्टी कमिटीको पूर्णता र विस्तार ः स्थानीय तहको निर्वाचन गाउँ तथा नगरपालिका र तिनका वडाहरूमा हुन्छ। जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन। हामीले सबै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं। कतिपय कमिटीहरूलाई यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं। यस्तो स्थिति अब रहिरहनु हुँदैन। गठन भैसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन। गरिसक्ने गरी जानु पर्दछ।

 ७.२. जनसङ्गठनहरूको विस्तार ः पार्टी कमिटी मात्र होइन पार्टी सम्बद्ध जन सङ्गठनका कमिटीहरू पनि स्थानीय तहसम्म पु¥याउनु पर्दछ। कमसे कम पनि किसान, महिला र युवा सङ्घलाई वडा तहसम्म पु¥याउनु पर्दछ, विद्यार्थी सङ्गठनलाई मावि तहसम्म पुगाउनु पर्दछ, ट्रेड युनियनलाई। प्रतिष्ठान तहसम्म पुगाउनु पर्दछ, पेशागत सङ्गठनलाई सम्बन्धित पेसाको तल्लो तहसम्म पुर्याउनु पर्दछ र सामुदायिक सङ्गठनलाई सम्बन्धित समुदायका आधारभूत जनताको तहसम्म पुरÞ्याउनु पर्दछ। यो काम पनि अगामी चैत १५ भित्रमा नै गरिसक्नु पर्दछ। ७.३. पार्टी प्रवेश अभियान ः विभिन्न पार्टी परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्ने लहर चलेकै छ।

 पार्टी प्रवेश गर्ने गराउने कार्यलाई अझै व्यवस्थित र प्रभावकारी ढङ्गले अभियानको रूपमा अगाडि बढाउनु पर्दछ। सबै कमिटीहरूले यसमा विशेष ध्यान दिएर पहल गर्नु पर्दछ। ७.४. जन परिचालन ः सङ्गठन निर्माणका साथसाथै जन परिचालनका कामहरू पनि गर्न आवश्यक छ। स्थानीय तहमा जन चासो र सरोकारका विषयहरूलाई लिएर विभिन्न प्रकारका भेला, बैठक, गोष्ठी, अन्तरक्रिया, सेमिनार, सभा आदि गर्न सकिन्छ, गर्नु पर्दछ। ७.५. प्रशिक्षण अभियान ः विचार पार्टी निर्माणको मूल आधार हो। त्यसैले विचार पार्टीको आत्मा हो। पार्टी विचारबिनाको भयो वा विचार शून्य भयो भने त्यसको चरित्र नै समाप्त हुन्छ। पार्टीले अंगालेको विचार आम पार्टी पंक्तिमा स्थापित गर्न सकिएन भने पार्टीमा वैचारिक एकरूपता नै हुँदैन। पार्टी पङ्क्तिमा विचार प्रवाह गर्ने विभिन्न प्रकारका प्रशिक्षणद्वारा नै हो। त्यसैले पार्टीका आम सिद्धान्त, नीति, विचार र समसामयिक विषयमा प्रकाश पार्ने गरी विभिन्न प्रकारका प्रशिक्षण अभियान चलाइरहनु पर्दछ।

७.६. प्रचारात्मक काम : प्रचारबिना राजनीतिक र साङ्गठानिक काम कहिल्यै पनि अगाडि जाँदैन। त्यसैले प्रचारको ठूलो महत्व छ। तर, यस महत्वपूर्ण कामलाई हामीले व्यवस्थित रूपमा अगाडि बढाउन सकेकै छैनौं। अब यस्तो स्थितिको तुरुन्तै अन्त्य हुनु पर्दछ। केन्द्रीय तहमा को वेभसाइट एवं न्युज पोटल तुरुन्तै चाल गर्न पर्दछ र प्रचारका अन्य प्रभावकारी योजना पर कार्यान्वयन गर्नु पर्दछ। प्रदेश तथा स्थानीय कमिटीहरूले पनि प्रचारको ठोस योजना बनाएर कार्यान्वयन गर्नु पर्दछ। सबै पार्टी कमिटीले पार्टीको चुनाव चिन्हको प्रचार व्यापक रूपमा गर्ने कुरामा जोडका साथ लाग्नु पर्दछ।

 आर्थिक सङ्कलन : आर्थिक श्रोत पार्टी निर्माणको एक महत्वपूर्ण आधार भएकाले आर्थिक संकलन कार्य पनि पाटी कामको एउटा मुख्य पक्ष हो। यस काममा ध्यान दिएन भने पार्टी निर्माण र विस्तार अभियान अगाडि बढ्न नै सक्तैन। त्यसैले पार्टी र जन संगठनका हरेक कमिटीले आर्थिक सङ्कलन योजना बनाएर कार्यान्वयन गर्न पर्दछ। निर्वाचनको बेला निर्वाचन। परिचालनका लागि विशेष आर्थिक कोष निर्माण गर्ने योजना बनाएर कार्यान्वयन गर्न पर्दछ।

७.८. अभिलेख व्यवस्थापन  : अभिलेख व्यवस्थित गर्ने कार्य पार्टी निर्माण र परिचालनको अर्को एक महत्वपूर्ण पक्ष हो। पार्टी निर्माण र परिचालन त गर्ने तर अभिलेख व्यवस्थित नगर्ने हो भने। गरिएका कामको कुनै लेखाजोखा नै हुँदैन। अभिलेख व्यवस्थित भएन भने आफ्नो शक्तिको। आकलन नै गर्न सकिदैन। शक्ति आंकलन बिना कुनै पनि प्रभावकारी अभियान सञ्चालन गर्न। सकिदैन। हाम्रो अभिलेख प्रणाली व्यवस्थित हुन सकेको छैन। प्रदेश तथा स्थानीय। कमिटीहरूबाट केन्द्रमा आउनु पर्ने कार्य प्रगति प्रतिवेदनहरू नियमित रूपमा नआएकाले केन्द्रीय। अभिलेख नै पनि व्यवस्थित गर्न सकिएको छैन। यस्तो अवस्थाको तुरुन्तै अन्त्य गर्नु पर्दछ। हरेक कमिटीले आफ्नो तहको अभिलेख व्यवस्थित गर्ने र माथिल्लो तहमा पठाउने काम। नियमित रूपमा गर्नु पर्दछ। त्यसैगरी पार्टी कार्यालयहरूलाई व्यवस्थित गर्ने कार्य पनि गर्न जरुरी छ।

७.९. निर्वाचनको तयारी : आगामी निर्वाचनको तयारी यतिबेलाको हाम्रो मुख्य काम हो। निर्वाचन तयारीका सन्दर्भमा गर्नुपर्ने प्रमुख काम हुन ः निर्वाचन घोषणा पत्रको लेखन, निर्वाचन निर्देशिकाको निर्माण, उम्मेदवारका मापदण्डको निर्धारण र उम्मेदवार छनोट प्रकृयाको निर्धारण तथा निर्वाचन परिचालन तथा सहयोग समितिको गठन। यी सब काम सम्पन्न गर्न पार्टी पक्ति केन्द्रित भएर लाग्नु पर्दछ।

 ८. निर्वाचनको तयारीमा जुटौँ : निर्वाचन पार्टीका निम्ति जनतामाझ जाने र उनीहरूको मन जित्ने एउटा महत्वपूर्ण अवसर हो। हरेक पार्टीले यस अवसरलाई अधिकतम रूपमा उपयोग गर्न चाहनु स्वाभाविक हो। आगामी वैशाख ३० गते एकै चरणमा हुन गैरहेको स्थानीय तहको निर्वाचनलाई हामीले त्यसै रूपमा उपयोग गर्नु पर्दछ। यो निर्वाचन हाम्रो पार्टी जीवनका लागि एउटा महत्वपूर्ण परिघटना हो। यसमा हामीले प्राप्त गर्ने सफलताले एकातर्फ हाम्रो राजनैतिक हैसियत निर्धारण गर्नेछ भने अर्कोतर्फ हाम्रो भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्नेछ। त्यसैले आफ्नो सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो। यस केन्द्रीय कार्यमा पार्टी र जनसंगठनका सबै कमिटी तथा पार्टी सम्बद्ध सबैलाई सम्पूर्ण रूपले परिचालित गरौं। पार्टी केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय आप सदस्यहरु केन्द्रीय सल्लाहकार परिषद र ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, केन्द्रीय परिषद्का सदस्यहरू र जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू समेत एउटा निर्णय वा सदस्यहरू समेत एउटा निश्चित निर्वाचन मा केन्द्रित भएर काम गरौं। सम्पूर्ण शक्तिका साथ आगामी स्थानीय निर्वाचनको तयारीमा जुटौँ।

 प्रिय कमरेडहरू, आज हामी इतिहासको एउटा विशिष्ट मोडमा आइपुगेका छौं। मुलुकको स्वतन्त्रता र स्वाभिमान लोकतन्त्रका रक्षा र विकास, नेपाली क्रान्तिका उपलब्धिहरूको रक्षा र थप विकास एवं विस्तार गर्ने जस्ता गहन जिम्मेवारीहरू हाम्रो काँधमा आएका छन्। पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन एवं रूपान्तरण गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्ने र समाजवादी क्रान्तिका कार्यदिशालाई सशक्त ढङ्गले अगाडि बढाउने दायित्व पनि हाम्रै काँधमा छ। यी गहन दायित्व र जिम्मेवारीहरूलाई कुशलतापूर्वक बहन गर्न हामीले सुव्यवस्थित रूपमा क्रियाशील हुनुपर्दछ। हामीले पहिलेदेखि नै भन्दै आएको व्यक्तिवादी अहङ्कारवाद, निरङ्कुश एवम् स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध तिखो वैचारिक सङ्घर्ष सञ्चालन गरेर मात्र उपयुक्त दायित्व र जिम्मेवारीहरू पूरा गर्न सक्ने छौं। त्यसैले आउनुहोस् हातमा हात र काँधमा काँध मिलाएर उपर्युक्त गहन दायित्व र जिम्मेवारी बहन गर्न सङ्कल्पबद्ध भएर अगाडि बढौं। समाजवादको झण्डा। माथि उठाउने र कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र एकताको अभियानलाई अगाडि बढाउने। अभियानमा जुटौँ। सफलता सङ्गठित शक्ति निर्माण र कार्यकर्ताको सक्रियता तथा गतिशीलतामा निर्भर गर्दछ। हामी दृढनिश्चय भएर गतिशीलताका साथ अगाडि बढ्यौं भने हाम्रो सफलता सुनिश्चित छ। क्रान्तिकारी अभिवादन सहित। धन्यवाद।

 २०७८–११–२३

माधव कुमार नेपाल

अध्यक्ष

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार