देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसीको चक्रब्युहमा सरकार

0

काठमाडौं – सदन, सडक तथा पार्टीभित्रै विरोध भइरहेको अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई महाभारतको लडाइँमा चक्रब्युहमा परेका अर्जुन पुत्र अभिमन्युको अवस्थामा पु¥याएको छ । सरकार पनि बन्नु र एमसीसीको विषय पनि निकै पेचिलो बनेर अग्रमोर्चामा आइपुग्नुले देउवा सरकारलाई यो चक्रब्युहको भुमरीमा पु¥याएको हो । यसका पछाडिका परिवेश पनि निकै जिम्मेवार छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको सरकार भएको पृष्ठभूमिमा यो सम्झौता गरिइनु, वर्तमान सरकार अदलबदल पनि यसैको पृष्ठभूमिमा हुन पुग्नु, प्रतिपक्षी नेता तथा पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओलीले एमसीसी के गर्ने भनी संसद्मै प्रश्न उठाउनु तथा आफ्नै दल नेपाली कांग्रेसका नेताले परिमार्जित एमसीसीको सम्झौतासमेत बिनापुनर्विचार स्वीकार गरेर आउनुले देउवा सरकारलाई चक्रब्युहमा धकेलेको हो । यसै त चक्रब्युहमा पसियो, अब यसबाट उम्कने उपाय पनि महाभारतका पात्र अभिमन्युझैं एक्लै नआउनु र आफ्नै सत्ताधारी गठबन्धन पनि यो ब्युहमा पस्ने आँट देखाउन नसक्नुले देउवा सरकारलाई अप्ठेरो अवस्थामा पु¥याएको छ ।

यो चक्रब्युहरूपी एमसीसीको मुद्दा किनारा लगाउन देउवा सरकारलाई सत्ता गठबन्धन र प्रतिपक्षी दुवैको साथ चाहिएको छ । तर, अवस्था कस्तो निर्माण भएको छ भने प्रतिपक्षीसँग प्रधानमन्त्रीले कुरा गर्दा गठबन्धनका अरू पार्टीहरू तर्सनैपर्ने । किनकि, प्रम देउवाको ‘बसाइँ’ एउटासँग छ तर ‘रसायन’ भने अर्कैसँग मिल्न पुगेको छ । यसले झन् कताको कुरा कता पु¥याउँला भन्ने परिरहेको छ । यो आशंकित राजनीतिक वातावरणभित्र देउवाको काँधमा दुईधारे तरबार बोक्नैपर्ने अवस्था सिर्जना हुन पुगेको छ । त्यसैले पनि उनी सत्ता गठबन्धनलाई फकाइरहने र प्रतिपक्षीलाई साथमा लिने ध्याउन्नमा देखिन थालेका छन् ।

यसैले गर्दा पनि उनी आफ्नै पार्टीभित्र सरसल्लाहसँगै गठबन्धन फकाउन एमसीसी अध्ययन समिति बनाउनसम्म तयार छन् । नेपाली कांग्रेसको मिटिङ र भेटघाटसँगै उनी सत्ता गठबन्धनको कुरा सुन्न तयार हुन्छन् । त्यसपछि ठूलो स्वास फेर्दै उनी प्रतिपक्षीलाई साथमा लिने दाउपेचमा लागिरहन्छन् । यो उनका लागि केही दिनसम्म दिनचर्या नै हुुन गएको छ । यसको सहजताका लागि उनी सत्ता गठबन्धन बैठक र त्यसपछि सर्वदलीय बैठक राखेर एमसीसी’bout छलफल चलाउन तयार भइरहन्छन् ।

अनेक विरोधका बाबजुद पनि प्रम देउवाले एमसीसी देशको हितमा रहेको भन्दै सबैलाई आश्वस्त पार्न लागिपरिरहेका छन् । यसले देशलाई ठूलो सघाउ पु¥याउने उनको सदाबहार वचन रहेको छ । तर, उनकै सत्तारूढ गठबन्धनभित्र यो विषयमा मतैक्यता छैन । गठबन्धनभित्रका नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादीको प्रस्ट धारणा आइसकेको छैन । त्यसो त सर्वदलीय मिटिङमा पनि एमसीसी’bout ठोस धारणा बन्न सकिरहेको छैन । यसैले पनि अहिले सत्ता गठबन्धन र सर्वदलीय मिटिङबाट अनुमोदनसहित एमसीसी अध्ययन समिति बनेको छ । यो समितिले अध्ययन गरी ल्याएको प्रस्तावमा फेरि गठबन्धनका साथै सर्वदलीय छलफल हुनेछ ।

यो छलफलपछि मात्र राष्ट्रिय सहमतिको धारणा बनाइनेछ । प्रतिपक्षीले पहिले सत्ता गठबन्धनले आफ्नो धारणा बनाओस् र मात्र आफ्नो धारणा सार्वजनिक गर्ने भनेपछि प्रम देउवा सो धारणा बनाउन गठबन्धन फकाउन लागिपरिरहेका छन् । उता अमेरिकाले एमसीसी पारित गरिदिन आनाकानी गरिरहेको ठानेर दबाबको अर्को तरिका प्रयोग गर्न थालिसकेको छ । अमेरिकाले नेपाल आतंकवादको ट्रान्जिट बन्न सक्छ भनेर दिएको अभिव्यक्ति यसैसँग जोडेर हेर्न थालिएको छ । यस्तो जटिल र विवादित एमसीसी मुद्दामा देउवा सरकार अहिले गम्भीर चक्रब्युहबाट पार पाउन कोसिस गरिरहेको समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार