देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसीको विषयमा चिनियाँ नेता र माधव नेपालबीच सम्वाद

0

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुख चेङ झाउबिच वार्ता भएको छ ।

बिहिबार उपप्रमुख झाउले भर्चुअल सम्वाद मार्फत नेपालसँग एमसीसीबारे वार्ता गरेका हुन्।

सम्वादका क्रममा उनले नेपाली जनताले स्वतन्त्ररुपमा चाहेको विकास परियोजनामा लगानी गर्न चीन तयार रहेको बताएका थिए।

यता नेकपा एसका अध्यक्ष नेपालले एक चिनियाँ नीतिप्रति नेपाल प्रतिबद्ध रहेको र नेपालमा ‘एन्टी चाइना’ गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका थिए।

बुधबारमात्रै चीनको विदेश मन्त्रालयकी प्रवक्ताले एमसीसीलाई लिएर अमेरिकाले एमसीसीलाई ‘अल्टिमेटमसहितको कस्तो उपहार हो’ भन्दै कडा टिप्पणी गरेकी थिइन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार