देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘एमसीसीबारे चुनावपछि छलफल गरौं’ – प्रचण्ड

0
<p>फोटो- रासस</p>

फोटो- रासस

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी बारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार भएको एमाले अध्यक्ष केपी ओली सहितको भेटका क्रममा अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेका हुन् ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले छलफलका क्रममा माओवादी अध्यक्ष दाहालले एमसीसीलाई चुनावपछि छलफल गर्नु उपयुक्त हुने बताएको जानकारी दिए । ‘उहाँले सामुन्नेमा चुनाव छन् । त्यसैले एमसीसीलाई चुनावसम्मका लागि स्थगित गरौं । सत्ता पक्ष र प्रतिपक्षसहितको सहमतिमा चुनावपछि संसद्‌मा पेस गरौं,’ पोखरेलले भनेका छन् ।

प्रधानमन्त्री देउवाले भने तत्कालै एमसीसी पास गर्नुपर्ने अवस्था रहेको भन्दै ओली र दाहाल दुवैलाई सहयोग गर्न आग्रह गरेका थिए ।

जवाफमा एमाले अध्यक्ष ओलीले सत्तापक्षले आफ्नो दृष्टिकोण राखेको अवस्थामा एमाले अनिर्णित नबस्ने बताएका थिए । ‘अहिले सत्ता पक्षकै एकमत देखिएको अवस्था छैन । सरकारले आफ्नो धारणा राखेको अवस्थामा एमालेले अनिर्णित रहँदैन, हामी आफ्नो स्पष्ट निर्णय गर्छौँ,’ महासचिव पोखरेलले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार