देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसीबारे धारणा बनाउन प्रचण्ड र सभामुखबीच छलफल

0

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।

बुधबार भएको भेटवार्तामा एमसीसीमा पार्टीको धारणालगायत समसामयिक विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

सभामुखसँग भेटका लागि नेता नारायणकाजी श्रेष्ठ सहित प्रचण्ड लैनचौरस्थित सभामुख निवास पुगेका थिए।

यसअघि माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। तर प्रचण्डले यसअघि एमसीसीलाई पत्र पठाउँदै एमसीसी अनुमोदन गराउने प्रतिबद्धता गरेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार