देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित

0

काठमाडौं – सरकारले प्रतिनिधिसभामा पेस गरेको एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकिएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथिको सैद्धान्तिक छलफलका लागि बैठकमा प्रस्तुत गरेका थिए ।

एमसीसीको छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएसँगै सम्झौतामाथिको सैद्धान्तिक छलफल सकिएको हो ।

त्यस लगत्तै विभिन्‍न दलका सांसदहरूले एमसीसी परियोजनामाथि आफ्नो धारणा राखेका थिए । छलफलमा सांसदहरूले राखेका धारणाको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुख सापकोटाले सामान्य छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई ध्वनि मतले पारित गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार