देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘एमसीसी अनुमोदन नगरेको भए अमेरिकाले माओवादीलाई धुलोपिठो बनाउँथ्यो’ – प्रचण्ड

0

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी अनुमोदन नगरेको भए अमेरिकाले माओवादीलाई धुलोपिठो बनाउने बताएका छन्।

राष्ट्रियसभा गृहमा शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमसीसी अनुमोदन नगरेको भए सशस्त्र जनयुद्धका बेला माओवादीमाथी लागेका मुद्दाहरु व्युँताएर अमेरिकाले माओवादीलाई धुलोपिठो बनाउने बताएका हुन् ।

‘मैमाथि १८-१९ मुद्दाहरु छन्। अन्य कमरेडहरुविरुद्ध पनि मुद्दाहरु छन्। एमसीसी अनुमोदन नगरेको स्थितिमा तिनै मुद्दा व्युँताएर हामीलाई धुलोपिठो बनाइन्थ्यो,’ उनले भने ‘अमेरिका धेरै शक्तिशाली राष्ट्र हो। अमेरिकासँग लड्ने स्रोत साधन हामीसँग छैन। शान्ति प्रक्रियाको कार्यभार अझै पूरा भइसकेको अवस्था छैन। यस्तो बेला एमसीसीलाई अस्वीकार गर्दा हामीमाथि लागाइएका मुद्दाहरु व्युँतिने खतरा थियो,’ ब्रिफिङका क्रममा उनले भने।

प्रचण्डले बैठकमा एमसीसीबारे करिब एक घन्टा ब्रिफिङ गरेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार