देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘एमसीसी के गर्ने नेपालकै निर्णय हो’ – अमेरिका

0

काठमाडौं – अमेरिकाले एमसीसी अनुमोदन गर्ने-नगर्ने नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको छ।

नेपालस्थित अमेरिकी दूतावासले शनिबार साँझ विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रुपमा नेपालले मात्रै गर्न सक्ने स्पष्ट पारेको हो ।

शुक्रबार चीनले पनि एमसीसीबारे प्रतिक्रिया जनाउँदै अमेरिकाले बलजफ्ती कुटनीति अपनाएको आरोप लगाएको भोलिपल्ट शनिबार नेपालस्थित अमेरिकी दूतावासले एमसीसी अनुमोदन गर्ने/नगर्ने अधिकार नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको हो।

नेपाल र अमेरिकाबीच ७५ वर्ष पुरानो सम्बन्ध रहेको भन्दै अमेरिकाले ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट नेपाललाई दिइएको उपहार भएको बताएको छ ।

‘यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार