देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रपतिसमक्ष निवेदन

0

काठमाडौं – अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पुगेको छ ।

सोमबार समाजवादी केन्द्र नेपाल नामक पार्टीले राष्ट्रपति कार्यालयमा एमसीसी खारेज गर्न माग गर्दै निवेदन दर्ता गराएको हो ।

एमसीसी सम्झौता इष्ट इन्डिया कम्पनीको ढाँचामा आएको र इष्ट इन्डिया कम्पनीले सिंगो भारतलाई पराधीन बनाएजस्तै एमसीसीले नेपाललाई अनिश्चितकालसम्म पराधीन बनाउन सक्ने खतरा रहेको भन्दै निवेदनमा उक्त सम्झौता खारेजीको माग गरिएको छ ।

एमसीसी स्वीकार गर्दा सार्वभौम मुलुकको स्वतन्त्रामा ठाडो हस्तक्षेप हुने र यसले अर्को मुलुकको पराधिन स्विकार्नुपर्ने लगायतका विषयमा विभिन्न ११ वटा बुँदा लेखेर दिइएको निवेदन राष्ट्रपति कार्यालयले दर्ता गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार