देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘एमसीसी देश विकासको सहयोगी परियोजना हो’ – प्रधानमन्त्री देउवा

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) देश विकासको सहयोगी परियोजना भएको बताएका छन् ।

खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमनत्री देउवाले एमसीसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताएका हुन् ।

‘केही व्यक्तिहरु एमसीसी परियोजनालाई लिएर गलत व्याख्या गरिरहेका छन्’, देउवाले भने, ‘एमसीसी परियोजनाले नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउने भएकाले संसद्बाट पारित गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइएको हो ।’

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार