देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसी पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ – डा. भट्टराई

0

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीको डँढेलो लगाएपछि त्यसलाई निभाउने जिम्मा सबै दलको भएको टिप्पणी गरेका छन् ।

गएराति सामाजिक संजालमा एक ट्वीट गर्दै भट्टराईले अहिलेको अवस्थामा एमसीसी पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्ने समेत बताएका छन् ।

भट्टराईले लेखेका छन्, एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयॉ समीकरण बन्नुपर्यो ! अर्को बाटो छैन !’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार