देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसी मुख्यालयले स्वीकार्यो एमसीसी अनुमोदन

0

काठमाडौं – अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसदले गरेको एमसीसी अनुमोदनलाई स्वीकारेको छ ।

एमसीसी मुख्यालले वासिङ्टनबाट विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले एमसीसी र नेपाल सरकारबीच भएको ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई फेब्रुअरी २७ मा स्वीकार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

फागुन १५ गते सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपालको माग अनुसार ‘व्याख्यात्मक घोषणा’ अनुमोदन गरिएको थियो ।

एमसीसी सम्झौतामा स्पष्ट नभएका बुँदालाई स्पष्ट पारी तयार पारिएको ‘व्याख्यात्मक घोषणा’ का बारेमा भने एमसीसी मुख्यालयले कुनै प्रतिक्रिया जनाएको छैन ।

‘कम्प्याक्टको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा अघि बढाएको छ । यसले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ,’ एमसीसीले भनेको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार