देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसी विकास परियोजना हो, विवाद नगरौं – ठाकुर

0

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी परियोजना विशुुद्ध विकासको योजना भएको यसमा विवाद गर्न नहुने बताएका छन् ।

शनिबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले एमसीसी विकास परियोजना भएकाले यस विषयमा विवाद गर्नु अर्थहिन भएको बताएका हुन्।

यसबीचमा उनले एमसीसीबाट आउने सहयोग रकम सडक निर्माण र विद्युतीकरणमा खर्च गरिने उल्लेख गर्दै गरिबी घटाउनको लागि यो महत्वपूर्ण विषय भएको बताए।

पछिल्लो समय एमसीसीको विषयमा नेपाली जनता नकरात्मक भएका बेला ठाकुरको यस्तो भनाइ आएको हो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार